गगन थापाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्ने

सौल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम जुलाई २८ मा गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपालीहरूको अवस्था लगायतका विविध विषयमा गहन छलफल हुने बताइएको छ ।

मे महिनाको १९ तारिख आइतबारका दिन जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले जुलाई महिनाको २८ तारिख आइतबारका दिन कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन् ।

सबै राजनीतिक दल, सामाजिक सङ्गठनका उपल्लो निकाय लगायत सबैको चासो, गुनासो र जिज्ञासालाई सुन्ने र मनन गर्ने गरी विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा काङ्ग्रेसको पहलकदमी लगायत विविध विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम हुन लागेको र यो कार्यक्रम एउटा पार्टीको भन्दापनि समग्र नेपालीहरूको भएको हुँदा कोरियावासी सम्पूर्ण नेपालीहरूलाई जुलाई २८ को कार्यक्रममा सहभागी हुन समेत नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीले अपिल गरेका छन् ।

जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रमको भव्य तयारीका लागि सल्लाहकार प्रकाश धमलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन समेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds