प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नेपाल स्काउट ज्याम्बोरीको उद्घाटन सम्पन्न

नुवाकोट।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अव विकाश उन्मुख राष्ट्र रहन नसक्ने स्पष्ट पारेका छन् । नेपाल स्काउटको तेस्रो ज्याम्बोरीलाई सम्बोधन गर्दै ओलीले सुखी र समृद्ध नेपाल बनाउने सरकारको उद्देश्य रहेको बताए । नेपाल विकसित राष्ट्र बन्न स्काउट जस्तो अनुशासित र क्रियाशिल संस्थाको महत्वपूर्ण भूमीका रहने बताए ।

उनले सरकार युवाहरुको पक्षमा रहेको भन्दै युवाको सर्वोपरी विकाशमा काम गर्ने धारणा व्यक्त गरे । आफु वाल्यकालमा स्काउट रहेको स्मरण गर्दै उनले स्काउटहरु विविधमा एकताको व्यवहारिक सन्देश दिने वहाकको रुपमा चिरपरिचित रहेको हुदाँ स्काउटको वृती विकासमा राज्यले ठोस कार्यक्रम ल्याने प्रतिवद्धता व्यक्त गरे ।

अर्को एक प्रशंगमा नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल स्काउटको सम्पती व्यक्तिगत ब्यवसाही प्रयोजनका लागी केही व्यक्तीले प्रयोग गर्न खोजेको भन्दै गलत मनसाय पालेर संस्थाको सम्पतीमा कसैले कुदृष्टी राख्न नसक्ने बताए ।

त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले प्रधानमन्त्री के.पी. शर्मा ओली प्रथम पटक प्रधानमन्त्री हुंदा आ.ब. २०७२।०७३ को नेपाल सरकारको कार्यक्रममा स्काउटिङ्गलाई प्राथमिकता दिई एक विद्यालय एक स्काउट इकाई संचालन गर्ने नीति देशबासीका नाममा निर्देशन भएको स्मरण गराए ।

नेपाल स्काउटका प्रमुख स्काउट समेत रहेका विश्वकर्माले त्यसलाई कार्यान्वय गर्न आफु कट्टिवद्ध रहेको बताए ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिक आफु नेतृत्वको समिती गठन भइसकेपछि समितिलाई दिइएको मुख्य कार्यभार सबै तहको निर्वाचन गरि नयाँ निवार्चित प्रतिनिधिलाई संस्थाको जिम्मेवारी सम्पन्न रहेको बताए ।

सो कार्य सम्पन्न गर्न संघीय ढाचा अनुरुप संरचना तयार गर्न वाञ्छनीय भएको भन्दै यस समितिले नेपाल स्काउट ऐन २०५० को मस्यौदा संशोधनका लागी सबै प्रदेशमा कार्यशाला गोष्ठी आयोजना गरि युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा विधेक तयार भई रहेको बताए । साथै आर्थिक वर्ष २०७५।७६ देखी ७ वटै प्रदेशमा मुख्यमन्त्रीहरुको अग्रसरतामा स्थानिय जनप्रतिनीधीहरुको सहकार्यमा स्काउटिङ्ग विस्तारका लागी सुदृकरणनका कार्यक्रम लागु गर्ने लक्ष्य रहेको बताए ।

ज्याम्वोरिमा देशभरिका ४ हजार ५ सय स्काउटहरुको सहभागिता रहेको प्रचारप्रसार प्रमुख स्काउट लिडर राजिव खत्रीले जानकारी गराए । उनका अनुसार भारत, श्रीलंका, भुटान लगायतका सार्क राष्ट्रहरुका स्काउटहरुको समेत सहभागिता रहेको छ ।

ज्याम्बोरीमा स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तको व्यवहारिक अभ्यास, स्वप्रकृति अध्ययन, मित्रताको विकास, क्याम्प फायर, साहसिक क्रियाकलाप, हस्तकला सिप प्रदर्शन, भेषभुषा तथा संस्कृति प्रदर्शन लगायतका गतिविधीहरु सञ्चालन हुने छ । त्यसैगरी प्रकृतिक अध्ययन अन्तर्गत बनस्पति, बोटविरुवा, चराचुरुङ्गी, जीव जन्तु, फलफूल जस्ता विषयहरु रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जवाफी बहस

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने …

प्रतिकृया दिनुहॊस