सिन्धुली बस दुर्घटनामा बैंकका २५ जना कर्मचारी घाइते

काठमाडौं । बैंकका कर्मचारी सवार पर्यटक बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा बिहीबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री