news

जनताको माग सरकारले सुनोस्

नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ । किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय अत्याचार विरुद्ध धावा बोल्दै सडकमा आन्दोलन गर्न बाध्यछन् तर सत्तामा बसेर रजाई गरेका वर्तमान सरकारले भने दुई तिहाईको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक द्वारा विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण

काठमाडौं ।  महालक्ष्मी बिकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको छ । बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुको आधारभुत आवश्यकता लगायत ती बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निमित्त स्थापना गरिएको फ्रेश नेपालका विद्यार्थीहरुलाई रु. ३०,००० ।  बराबरको शैक्षिक तथा फर्निचर सामागी्र वितरण …

पुरा पढ्नुहॊस »

ट्रम्प–किम वार्तामा सिंगापुरले खर्चने छ १ अर्ब ६० करोड

काठमाडौं । विश्वको नजर अहिले सिंगापुरमा छ जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच वार्ता हुँदैछ । मंगलबार हुने वार्ताका लागि दुवै नेताहरु सिंगापुरमा पुगिसकेका छन् । सिंगापुरका प्रधानमन्त्री ली शियन लुंगका अनुसार विश्वका यी दुई शक्ति राष्ट्रका प्रमुखको ऐतिहासिक वार्तामा २० मिलियन सिंगापुर डलर खर्च हुनेछ । यो भनेको नेपाली रुपैयाँ १ अर्ब ६० करोड हो । यो रकमको आधा त सुरक्षा प्रवन्धमा मात्रै …

पुरा पढ्नुहॊस »

भोलिदेखि ट्रेड युनियन काँग्रेसको महाधिवेशन,अध्यक्ष दाहाल रआचार्यबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलि मङ्गलवारदेखि काठमाडौँमा हुने भएको छ ।चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) …

पुरा पढ्नुहॊस »

‘छक्का पन्जा ३’मा स्वस्तिमा

चलचित्र ‘छक्का पन्जा २’मा मुख्य भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘छक्का पन्जा ३’मा भने नदेखिने पक्का थियो । तर, नायिका स्वस्तिमा खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएकी  छिन् ।‘चलचित्रको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । त्यो अगाडि केही दृश्य पनि छ,जसमा स्वस्तिमाले अभिनय गरेकी छिन् । उनको दृश्य खिचिएता पनि गीतको भने छायांकन बाँकी नै छ । चलचित्रमा   दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की …

पुरा पढ्नुहॊस »

गोरेसहित एसएसपी खत्री र भुजुङलाई काठमाडौं झिकाइयो

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउँसो काठमाडौं ल्याइने भएको छ । उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत उनीहरुलाई काठमाडौं ल्याइने प्रहरी स्रोतले बतायो । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, …

पुरा पढ्नुहॊस »

विश्वकै होचा दम्पत्ति

यी हुन पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । यी होचा दम्पत्ति ब्राजिलका स्थायी बासिन्दा हुन् । यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएकी थिइन । पाउलोको संघर्षका अगाडि कतुसियाको केही लागेन । अन्ततः यी ३ फिटभन्दा होचो जोडीले कीर्तिमान राखे । अर्थात यो …

पुरा पढ्नुहॊस »

ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगे किम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए । किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । दुई नेताबीचको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो …

पुरा पढ्नुहॊस »

तीतो करेला स्वास्थ्यका लागि अति लाभदायक

खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ भने पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम पनि करेलाले गर्दछ । करेलाले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्नुको साथै रगत सफा पार्ने काम गर्छ । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त …

पुरा पढ्नुहॊस »

एफपीओमा लगानीकर्तालाई लोभ्याउँदै नेपाल बैंक

काठमाडौं । थप निष्काशन(एफपीओ)को तयारीमा जुटेको नेपाल बैंकले आगामी आर्थिक बर्षहरुमा नाफा वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दै लगानी कर्तालाई लोभ्याउने प्रयास गरेको छ ।  पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षहरुमा नाफा बढ्दै जाने दावी गर्दै एफपीओमा लगानीकर्ताहरुलाई  बैंकले लोभ्याउने प्रयास गरेको हो । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैंयामा एफपीओ निष्काशन गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ । बैंकले राष्ट्रिय बीमा कम्पनीमा रहेको एक अर्ब मूल्य बराबरको सेयर बेच्ने, नागरिक लगानी कोष, डिप्रोक्स …

पुरा पढ्नुहॊस »