तीतो करेला स्वास्थ्यका लागि अति लाभदायक

खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ ।

करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ भने पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम पनि करेलाले गर्दछ ।
करेलाले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्नुको साथै रगत सफा पार्ने काम गर्छ ।

बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

त्यस्सै गर्मी समयमा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शरीरमा शितल दिने काम गर्छ ।

दमको समस्या भएकाहरूले मसला नराखी पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई दिइयो योग तथा पूर्वकर्म अभिमुखीकरण (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा …

प्रतिकृया दिनुहॊस