भोलिदेखि ट्रेड युनियन काँग्रेसको महाधिवेशन,अध्यक्ष दाहाल रआचार्यबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलि मङ्गलवारदेखि काठमाडौँमा हुने भएको छ ।चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन रहेका छन् ।

महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन् ।

यसैगरी,आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर छन् ।

महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा  गरिसकेका छन् ।

यही जेठ २९ गतेदेखि ३१ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा देशभरबाट एकहजार छ सयभन्दा वढी श्रमिक प्रतिनिधिको सहभागिता रहनेछ । युनियनमा दुई दर्जनभन्दा वढी पेशागत सङ्घ तथा युनियनहरू आवद्ध छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जसपा विभाजन : वैकल्पिक गठबन्धन बन्न नदिने प्रयास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली …

प्रतिकृया दिनुहॊस