एफपीओमा लगानीकर्तालाई लोभ्याउँदै नेपाल बैंक

काठमाडौं । थप निष्काशन(एफपीओ)को तयारीमा जुटेको नेपाल बैंकले आगामी आर्थिक बर्षहरुमा नाफा वृद्धि हुने प्रक्षेपण सार्वजनिक गर्दै लगानी कर्तालाई लोभ्याउने प्रयास गरेको छ ।  पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षहरुमा नाफा बढ्दै जाने दावी गर्दै एफपीओमा लगानीकर्ताहरुलाई  बैंकले लोभ्याउने प्रयास गरेको हो । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैंयामा एफपीओ निष्काशन गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ ।

बैंकले राष्ट्रिय बीमा कम्पनीमा रहेको एक अर्ब मूल्य बराबरको सेयर बेच्ने, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, आरएमडीसी, नेपाल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थानहरुमा रहेका सेयरहरुको मूल्य समेत उच्च रहेकाले नाफा वृद्धि हुने बताएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले अब बैंकका लागि सुनौला दिनहरु आएको दावी गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस