महालक्ष्मी विकास बैंक द्वारा विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण

काठमाडौं ।  महालक्ष्मी बिकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको छ ।

बैंकले दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुको आधारभुत आवश्यकता लगायत ती बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निमित्त स्थापना गरिएको फ्रेश नेपालका विद्यार्थीहरुलाई रु. ३०,००० ।  बराबरको शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको हो । शैक्षिक सत्र सुरु भए लगत्तै गुणस्तरीय शिक्षाको निमित्त शैक्षिक सामागी्र अति आवश्यक रहने कुरा मनन् गर्दै बैंकले सो सहयोग गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री