गर्मीकै कारण जापानमा १४ जनाको मृत्यु

टोकियो । जापानमा तातो हावाका कारण तीन दिनमा  १४ जनाको मृत्यु भएको बताइएको छ । सोमवार मात्रै केही क्षेत्रमा तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेको र उच्च तापक्रमले जोखिमयुक्त अवस्थाको सृजना गरेको जापानकोे मौसम विभागले बताएको हो ।

तातो हावाका कारण १४ जनाको मृत्यु हुनुका साथै हजारौं पीडितको अस्पतालमा उपचार भएको बताइएको छ । जापानमा तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि पुग्नु भनेको अत्यधिक गर्मी हुनु हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप