सबै मिलि खुला दिशामुक्त अभियानलाई  पुर्णरुपमा सफल पारौं, प्रमुख प्रशासकिय अधिकृत भूसालको अनुरोध

वीरगञ्ज  ।वीरगञ्ज महानगरपालिकालाई पुर्णरुपमा खुलादिशा मुुुुक्त घोषणा गर्ने विषयमा बिहिबार सरोकारवालाहरु बिच छलफल भएको छ । विहिबार विरगञ्ज महानगरपालिकाको  सभाकक्षमा आयोजित उक्त छलफल कार्यक्रममा महानगरपालिकाका वाकि रहेका वडाहरुलाई समयमै  खुला दिशामुक्त वडा  घोषणा गर्दै महानगरपालिकालाइ आश्विन भित्र खुलादिशा मुक्त घोषणा  गर्ने निर्णय समेत गरिएको  छ ।
छलफलमा सहभागी रहेका सम्बन्धित वडा अध्यक्षहरुसंग वडामा चर्पि निर्माण नभएका परिवारहरुको आर्थिक अवस्था  बारेमा जानकारी लिदै  पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले असोज मसांत भित्र महानगरपालिकाका सबै वडाहरु खुला दिशामुक्तलाई खुलादिशा मुक्त बनाउने अभियानमा लाग्न  अनुरोध गर्नुभयो ।
उहाले महानगरपालिकालाई “महानगरपालिकाकै“ रुपमा पनि चिनाउन खुलादिशा मुक्त बनाउनु पर्ने सबै सरोकारवालाहरुको दायीत्व भएको बताउदै असोज  भित्र सबै परिवारमा चर्पिको व्यवस्थापनको कार्यलाइ अगाडि बढाउन जन प्रतिनिधिहरुलाई अनुरोध समेत गर्नुभयो ।
उहाले खुलादिशा गर्नेलाई कानुनि कार्यवाहि गर्ने कानुन बनिसकेकोले मंसिर १गते देखि अनुगमन र कानुनि कार्यवाहि अगाडि बढाइने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दे वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले महानगरपालिकाले भदौ दोश्रो हप्तादेखि पुन सुरु  गरेको खुला दिशामुक्त अभियानमा सक्रियरुपमा लाग्न अनुरोध गर्नुभयो ।
उहाले वाकिरहेका वडाहरुमा महिला,युवा,दलित लगायत  समिति गठन गरी चर्पिको औचिता बुझाउदै नभएको घरपरिवारमा यथासिघ्र चर्पि निर्मान गराउने कार्यमा लग्न सबै सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभयो ।
खुला ठाउमा दिशा गर्ने व्यक्तिलाई कानुनि कार्यवाहि गरिने कानुन भदौ १गतेदेखि लागुभएको बारे सम्पुर्ण नगरवासीलाई जानकारी गराउदै स्वच्छ र सफा महानगरपालिका बनाउने अभियानमा सहयोग गर्न उहाले अनुरोध समेत गर्नुभयो ।
छलफल कार्यक्रममा उप नगरप्रमुख सुश्री शान्ति कार्कि,खाने पानि कार्यालय पर्साका प्रमुख डिभिजनल इन्जिनियर धर्मेन्द्र केसरी,यु एन हेवीटाटका केन्द्रिय प्रतिनिधि दुर्गा नेपाल,पर्साका प्रमुख हरि बुढाथोकि,वीरगञ्ल महानगरपालिकाका खानेपानि तथा सरसफाई शाखाका प्रमुख सुनिल कर्ण लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस