सिटी एक्सप्रेस र एनसीएचएलबीच अन्तर बैंक बिद्युतीय भुक्तानी सेवा शुरु

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस एनसीएचएल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता  पश्चात  एनसीएचएलले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ ।अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटेन्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ ।

अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस