नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब साठी करोड बराबरको आईपिओ निष्काशन गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब  साठी करोड बराबरको आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर १०० अकित दरका  एक करोड साठी लाख कित्ता साधारण शेयरहरु  निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल  पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु  भण्डारी र आरविवि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भण्डारीले हस्ताक्षर गरेका  छन् ।

हाल नेपाल  पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी  १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४०  करोड  रहेको छ  । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी.१० अर्ब  पुग्नेछ ।

कम्पनीले आर्थिक बर्ष २०७४। ७५ को अन्त्य सम्म कुल ४ अर्ब पुनर्बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा  १ अर्ब ४० करोड खुद मुुनाफा गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी …

प्रतिकृया दिनुहॊस