नेपालमा पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी

एजेन्सी । आगामी वर्ष इंल्याण्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले विश्व भ्रमणको दौरान आगामी अक्टोबर अन्तिम साता विश्वकप ट्रफी नेपाल आइपुग्ने जनाएको  हो । आईसिसीका अनुसार विश्वकप ट्रफी आगामी २७ अक्टोबरमा काठमाडौं दरबार स्वायर क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म राखिने भएको छ। उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउनेछन् ।

यही सोमबारबाट आइसीसीको दुबर्इस्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरू गर्नेछ। पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने आइसिसिले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री