महालक्ष्मी विकास बैंकको शाखा बिराटनगरमा

बिराटनगर। महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा मितिे बिराटनगर महानगरपालिका वडा नं ०२, मोरङ्ग स्थित बिराटनगर शाखाकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  चिन्तामणी शिवाकोटीले दीप प्रज्वलनका साथ  गरेका थिए ।
सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरे ।

साथै उनले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा बैङ्गिक पहुँच पु¥याउने उद्देश्यका साथ यस बैंकले आगामी दिनहरुमा थप शाखामार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप