news

आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

म्याग्दी । मालिका गाउँपालिका–५ का आफ्नै  बाबुले  १२ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।शनिबार दिउँसो  बाबुले बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । पीडित बालिका र उनकी आमाले बलात्कृत भएको  जाहेरीपछि  बलात्कारको अभियोगमा ५३ वर्षका बाबु पक्राउ परेका छन् ।अहिले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य परिक्षण प्रतिवेदन र थप प्रमाण जुटाएर नाबालिकालाई हाडनाता करणी गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

जीप दुर्घटना हुँदा ९ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मंगलबार स्थानीय देबलदिव्यपुरबाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप सदरमुकाम नजिकैको आइतबजारमा दुर्घटना भएको हो । घाइते सबैको उपचार उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको  प्रहरीले जनाएको छ। जीपमा चालकसहित १५ जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७४। ७५ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको मिति २०७५।०५।११ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई  ७प्रतिशत  नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको निकट …

पुरा पढ्नुहॊस »

महिन्द्रा ‘प्लस न्यू एक्सयूभी ५००’ नेपालमा

काठमाडाैं ।  सनरूफसहितको महिन्द्राले स प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा ल्याएको छ। महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले  एक कार्यक्रम गरेर यो गाडीको बिक्री सुरू भएको  घोषणा गरेको  छ।आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले जनाएको छ । गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति रहेको छ भने छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र …

पुरा पढ्नुहॊस »

 सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्ति सवारीको रुट निर्धारण 

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउने विशिष्ट (भीआईपी) व्यक्ति सवारीको रुट निर्धारण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका दुई रुट बनाइएको छ। दुवै रुटमा सोमबारदेखि नै हतियारसहितका सुरक्षाकर्मी छरेर राखिएको छ। विमानस्थलदेखि तिलगंगा, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै सोल्टी होटललाई मुख्य सवारी रुट बनाइएको छ। त्यसै गरी,वैकल्पिक रुटमा विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, स्वयम्भू, सीतापाइला, …

पुरा पढ्नुहॊस »

किन गरे ९ वर्षका बालकले आत्महत्या

एजेन्सी । अमेरिकाको क्लोराडो, डेनबरमा ९ वर्षका बालकले आत्महत्या गरेका छन् । विद्यालयमा चारदिनसम्म समलैंगिक भएको भन्दै साथीहरुले जिस्क्याउने तथा धाकधम्की देखाउने गरेपछि ९ वर्षका बालक जमेल माइल्सले आत्महत्या गरेका   थिए ।  जमेलको शव गएको बिहीबार घरमै भेटिएको थियो ।  जमेलले गतको सोमबारदेखि जो शुमेकर एलिमेन्टरी स्कुलमा कक्षा चारका पढ्न सुरु गरेका थिए। विद्यालयका साथीहरुले आफूलाई आफ्नै हत्या गर्न भनेको जमेलले दिदीसँग बताएका थिए ।जमेलले यसबारे आफूसँग केही नभनेको आमा लियाले बताएकी छन् …

पुरा पढ्नुहॊस »

यसरी चोरियो ८ महिने नाबालिका भिडियो सहित

महोत्तरी ।   जिल्लाको औरही नगरपालिका –१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै अपरिचित व्यक्तिले चोरेर लगेका  थिए । सन्तोषकी श्रीमतीले आफ्नै फेन्सी पसलमा छोरीलाई साथै राखेर व्यापार गरिरहेकी थिइन । पसलमा आएका ग्राहकलाई समान बिक्री गर्दैगर्दा छोरी चोरिएको प्रहरीले जनाएको छ। बच्चा लिएर चोरी गर्नै पुरुष रहेको पसलमा जडान भएको सीसीटीभी क्यामराको फुटेजमा देखिको छ । बच्चा चोरी गर्ने पुरुषको केश तक्लु भएको फुटेजमा देख्न सकिन्छ । हेर्नुहोस्  ८ महिने नाबालिका   यसरी …

पुरा पढ्नुहॊस »

केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई

काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी)द्वारा स्थापित केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाल सम्मानित भएका छन् । जनही नेपाली रूपैयाँ २५ हजार रूपैयाँको उक्त सम्मानसँगै पत्रकारद्वयलाई नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले ताम्रपत्रसहित सम्मान गरेका थिए । पत्रकार मोहन मैनाली र माया पकुवालले पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा व्यावसायिक कार्यहरूमा थप …

पुरा पढ्नुहॊस »

सप्तकोशीमा आएको बाढीले ३ सय घर डुबानमा

सप्तरी  । गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको  ३ सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा  परेका छन् ।अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा बसाइएको छ । सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो । भारतीय कोशी योजनाका अधिकारीहरु र भारतीय ठेकेदारहरुले आफुखुशी बहावलाई च्यानल खनेर पश्चिमतर्फ …

पुरा पढ्नुहॊस »

खुलामञ्चमा टिकट काटेर बस चढ्न बालाजु पुग्नुपर्ने

काठमाडौं । खुलामञ्चस्थित बसपार्कको गेटमा काठमाडौं महानगरपालिकाको सूचना छ-बिमिस्केट सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेछ ।’ काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा जाने गाडी बसपार्कबाट छुट्थ्यो । बिमिस्टेकका नाममा ५ दिनका लागि खुलामञ्चको बसपार्क बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पुरानो बसपार्कबाट छुट्ने बसहरु बालाजुस्थित नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ । अरनिको तथा बिपी राजमार्ग भएर रामेछाप, …

पुरा पढ्नुहॊस »