मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रीण हाइड्रोजन ल्याबलाई अनुसन्धान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रीण हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापा तथा दुवै संस्थाका अन्य कर्मचारीहरूको उपस्थिति थियो । हाल ग्रीण हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने कार्य गरिरहेको छ ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेका प्राकृतिक स्रोतका असीमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौकाका साथै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, यस बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई गर्न सकिने व्यवस्था पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after