news

महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था

काठमाडौं ।महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था गरेकाे छ । जुनसुकै शाखा कार्यालयबाट विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी सेवा दिने महालक्ष्मी पहिलो र एक मात्र बैंक भएको छ । यस्तै महालक्ष्मी स्मार्ट एपमा पनि यो सेवा उपलब्ध रहेको छ । यसबाट विद्युत प्राधिकरण कार्यालयमा गएर बिजुलीको महशुल भुत्तानी र लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति बढ्यो

काठमाडौं । एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति गत साउनमा बढेको छ । फण्डले  सार्वजनिक गरेको साउनको वित्तीय विवरणमा खुद सम्पत्ति १ करोड ४४ लाख रुपैयाँ बढेको देखाएको छ ।   गत साउनमा प्रतिईकाई खुद सम्पत्ति १७ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ । खुदसम्पत्ति ८३ करोड ५२ लाख रुपैयाँ रहेकोमा साउनमा बढेर ८४ करोड ९६ लाख रुपैयाँ पुगेको फण्डले  जनाएको छ ।

पुरा पढ्नुहॊस »

फिल्म ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक

काठमाडौं । गायक तथा नायक यश कुमारको निर्देशन रहेको फिल्म ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक भएको छ । रिदम फिल्मसको प्रस्तुती रहेको फिल्म छिरिङ्गको कथा सविर श्रेष्ठको हो भने पटकथा यश कुमार र याम थापाले लेखका छन् । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने

काठमाडौं । प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो । बैंकले न्युनतम ५ लाखदेखि कर्जा लगानी हुने छ ।  बैंकले उद्योग, व्यापार,  सेवा र कृषि क्षेत्रलाई लक्षित गरी कर्जा योजना ल्याएको  हो । यो सेवा बैंकको सबै शाखाबाट पाइने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटना

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल  कालिमाटीमा  दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

नेपालले ओमानलाई दियो २ सय २२ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसामु ९ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले सागर पुनको उत्कृष्ट ८३ रनको मद्दतमा २ सय २२ रनको  लक्ष्य दिएको  हो ।

पुरा पढ्नुहॊस »

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

सुर्खेत।घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु  भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको  हो । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया  रामकला कामी, उनीहरुका ४ वर्षका छोरा  रूपलाल ,छोरीहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगा छन् ।  ११ वर्षीया छोरी सुनिता घाइते   छिन। सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

भुटानका विशिष्ट पाहुना काठमाडौंमा, श्रीलंकाका राष्ट्रपति आउँदै

काठमाडौं ।काठमाडौंमा हुने   विमिष्टेक सम्मेलमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान आइपुगेका छन्।वाङचुकलाई सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। बिमस्टेकमा सहभागी हुन सात सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी र विदेशमन्त्रीहरू काठमाडौं आइसकेका छन्। त्यसैगरि,आजै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना पनि काठमाडौं आउँदैछन्। आज बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकले सम्मेलनका एजेन्डा तय गर्ने तयारी छ। बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको …

पुरा पढ्नुहॊस »

आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू भएको छ ।  काठमाडौंमा हुने   विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्याकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली लागू गरिएको हो । जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोृर नम्बरको गाडी गुडाउन मिल्ने नियम बनाइएको ट्राफिक प्रहरी …

पुरा पढ्नुहॊस »

बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरे

काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् ।संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् ।रिपोटर्स क्लव नेपालमा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका हुन् । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल छन् ।

पुरा पढ्नुहॊस »