news

प्रभु बैंक र एनबीआईबीच तालिम संचालन गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर  गरे । यस सम्झौता  पश्चात   एनबीआईले प्रभु बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौताअनुसार प्रभु बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम संचालन गराउने छ …

पुरा पढ्नुहॊस »

नविल बैंकले विदेश अध्ययन गर्न जानेलाई शैक्षिक कर्जा दिने

काठमाडौं । नविल  बैंकले विदेश अध्ययन गर्न जानेलाई शैक्षिक कर्जा दिने भएको छ । बैंकले १ करोड रुपैयाँसम्म १५ वर्षका लागि कर्जा दिने गरी नयाँ नविल शैक्षिक कर्जा योजना ल्याएको हो । शैक्षिक कर्जाका लागि विदेशी विश्वविद्यालयको अफर लेटर पखिर्नु नपर्ने बैंकले जनाएको छ ।   विदेश अध्ययन गर्न जाने विद्यार्थीले विश्वविद्यालय वा कलेजको अफर लेटर विना कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले  जनाएको छ ।

पुरा पढ्नुहॊस »

ग्रिन डेभलपमेन्ट बैंकको साधारणसभा असोज ८ मा

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको साधारणसभा असोज ८ मा हुने भएको छ । बैंकले लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गरेको छैन् ।   गत आर्थिक वर्षका लागि लेखापरीक्षण गर्नका लागि परीक्षक नियुक्त गर्ने प्रस्ताव सभामा पेश हुने बैंकले जनाएको छ । सभाले संस्थापक र सर्वसाधारण समूहको ५ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहॊस »

भूकम्पको केन्द्र बिन्दु गोरखामा ५० प्रतिशत पुनर्निर्माण

काठमाडौं ।  भूकम्पको केन्द्र बिन्दु गोरखामा अहिलेसम्म ५० प्रतिशत घरको मात्र पुनर्निर्माण हुन सकेको छ । २०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्र बनाई गएको शक्तिशालीभूकम्पकाकारण ६१ हजार तीन सय  घर भत्किएकाथिए । भत्किएका घरमध्येजम्मा ३० हजार दुई सय ३० वटा घरमात्र बनेको छ । ५८ हजार पाँच सय १७ जना लाभग्राहीले पहिलो किस्ता रकम लगेकाथिए’, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गोरखाका प्रमुख रामकुमार श्रेष्ठले भने, ‘अहिलेसम्म ३० हजार दुई सय …

पुरा पढ्नुहॊस »

युएईले नेपाललाई दियो २ सय ५५ रनको लक्ष्य

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईले नेपालसामु   ९ विकेटको क्षतिमा निर्धारित  २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाए। उनले सन्दिपको बलमा दीपेन्द्र सिंह ऐरीबाट रन आउट गराउनु अघि ९१ बल खेल्दै १ छक्का र ७ चौका प्रहार गरेका थिए। नेपालका लागि सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडनसहित २४ रन खर्चिएर ४ विकेट लिए। नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।   …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा  र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरे । यस सम्झौता  पश्चात अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सजिलै प्रभु इन्स्योरेन्सको बीमा सेवा लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

आजबाट बिम्स्टेक शिखर सम्मेलन,बिमस्टेकमा भाग लिन ६ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौंमा

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा शुरु हुँदैछ ।सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन्।

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे। यस सम्झौता  पश्चात बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यवस्था गर्ने जनाएको छ । बैंकका ग्राहकले जुनसुकै शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्न रपरेको समय …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था

काठमाडौं ।महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था गरेकाे छ । जुनसुकै शाखा कार्यालयबाट विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी सेवा दिने महालक्ष्मी पहिलो र एक मात्र बैंक भएको छ । यस्तै महालक्ष्मी स्मार्ट एपमा पनि यो सेवा उपलब्ध रहेको छ । यसबाट विद्युत प्राधिकरण कार्यालयमा गएर बिजुलीको महशुल भुत्तानी र लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति बढ्यो

काठमाडौं । एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति गत साउनमा बढेको छ । फण्डले  सार्वजनिक गरेको साउनको वित्तीय विवरणमा खुद सम्पत्ति १ करोड ४४ लाख रुपैयाँ बढेको देखाएको छ ।   गत साउनमा प्रतिईकाई खुद सम्पत्ति १७ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ । खुदसम्पत्ति ८३ करोड ५२ लाख रुपैयाँ रहेकोमा साउनमा बढेर ८४ करोड ९६ लाख रुपैयाँ पुगेको फण्डले  जनाएको छ ।

पुरा पढ्नुहॊस »