आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू भएको छ ।  काठमाडौंमा हुने   विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्याकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली लागू गरिएको हो ।

जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोृर नम्बरको गाडी गुडाउन मिल्ने नियम बनाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर हुन् । निजी तथा भाडाका सवारीमा जोर बिजोर प्रणाली लागू भए पनि अत्यावश्यकीय सेवासँगै प्रेस, सरकारी तथा बिमस्टेकमा निम्त्याइएका पाहुनालगायतकोे हकमा भने यो नियम लागू हुने छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस