news

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं । सिटिजन्स बैंकले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस  वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत नगद फिर्ता प्राप्त गर्न सकिनेछ । नगद फिर्ताको सीमा प्रति  दिन ५ सय र प्रति महिना रु ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ । बैंकले आफ्नो ग्राहक वर्गहरुलाई …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्धारा नेपाल क्यान्सर हस्पिटललाई सहयोग

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट ग्रुप  र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको हो  ।उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट  ग्रुपको नाममा चेक हस्तान्तरण गरेको थियो ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेशबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच  सम्झौता भएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच  हस्ताक्षर गरिएको थियो । उक्त सम्झौता अनुसार   बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।    

पुरा पढ्नुहॊस »

गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठामाडौं ल्याइयो

काठमाडौं । सप्तरीमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका प्रहरी हबल्दार  महेन्द्र सतरालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ । महेन्द्रको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ । तीन वटा मोटरसाइकलमा आएको अज्ञात  समूहले खड्ग नगरपालिकास्थित प्रहरी चौकी बिसनपुरमा कार्यरत प्रहरी हवल्दार सतरालाई  ड्यूटीमा रहेका बेला  बुधबार राति  गोली प्रहार गरेको थियो । उनको पिठ्युमा एउटा गोली लागेको छ । गोली प्रहारबाट घाइते भएका सतरालाई यसअघि बुधबार राति …

पुरा पढ्नुहॊस »

भीभो वाई सिरिजका नयाँ स्मार्टफोनहरु ‘बिगर ब्याट्री मोर फन’

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिममा  बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउँनेछ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ । भीभोका …

पुरा पढ्नुहॊस »

अप्पर हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

काठमाडौं । अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले आगामी फागुन भरीमा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । नेपाल धितोपत्र बोर्डले …

पुरा पढ्नुहॊस »

डा. केसी भेट्न पूर्व प्रधानन्याधीश कार्कीसहितको टोली इलाम प्रस्थान

काठमाडौं । गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउन पूर्व प्रधानन्याधीश सुशीला कार्की सहितको टोली बिहबिार इलामतर्फ गएको छ । टोलीले अपराह्न ३ बजे डा.केसीलाई भेटेपछि पत्रकार सम्मेलन आयोजना गर्ने जनाइएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरी संसद्मा टेबुल भइसकेको राष्ट्रिय चिकित्सा विधेयकप्रति माथेमाको पनि असन्तुष्टि बाहिर आएको छ। डा.केसी १५औ सत्याग्रहमा रहेका बेला पूर्वप्रधानन्यायाधीश कार्की समर्थन जनाउँदै प्रदर्शनमा सहभागी भएकी थिइन्।   पुस २५ गतेबाट इलाममा अनशन सुरु गरेका डा. केसी हाल …

पुरा पढ्नुहॊस »

सहारा विकास बैंकले २३ प्रतिशत बोनस वितरण गर्दै

काठमाडौं । सहारा विकास बैंकले ७ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकले माघ २३ गते साधारणसभा आह्वान गरेको हो । सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८ सय रुपैयाँको २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

पुरा पढ्नुहॊस »

शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको सचिवमा प्रकाश पौडेल नियुक्त

काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिले  बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

अपडेटः बस दुर्घटनामा मृतकको संख्या सात पुग्यो

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या सात पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र बाँकी ४ जनाको  उपचारका क्रममा ज्यान गएको  छ। मृतकको सनाखत अझै पनि हुन सकेको छैन। दुर्घटनामा ३१ जना घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने बाकी घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

पुरा पढ्नुहॊस »