news

ज्योति विकास बैंक र चिरायु हस्पिटल एण्ड मेडिकलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धाराबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिबराज भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि  बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिने छ ।

पुरा पढ्नुहॊस »

रवि ओडलाई मातृ शोक, नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

धनगढी । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौं । कृषि विकास बैंक लिमिटडेको चापाकोटस्थित बैंकिङ कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले  आवश्यक नीति र रणनिति बनाई वित्तीय साक्षरता कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्ने तथा बैंकिङ्ग क्रियाकलापहरुको विकास एबं विस्तारको लागि वित्तीय मध्यस्थता सहित बैंकिङ्ग कारोवारमा ग्रामीण जनतालाई अभ्यस्त गराउन एक कार्यालय एक वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा संचालन गर्ने नीतिगत ब्यवस्था गरेको छ । शाखा प्रबन्धक विश्वराज मरासिनीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा प्रमुुख अतिथिका रुपमा क्षेत्रिय …

पुरा पढ्नुहॊस »

नेपाललाई १० हजार भन्दा बढी श्रमिक कोटा, १० औं कोरियन भाषाको आवेदन चैतमा

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सहकार्य

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा …

पुरा पढ्नुहॊस »

भक्तपुरको सूर्यबिनायकमा प्राइम कमर्सियल बैंकको शाखा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सूर्यबिनायक नगरपालिकामा सञ्चालनमा ल्याएकोे छ । उक्त  शाखाको  उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरे । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६७ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको शाखा रुपन्देहीको योगीकुटीमा

काठमाडौं ।गरिमा विकास बैंकले रुपन्देही जिल्लाको योगीकुटीमा सञ्चालनमा ल्याएकोे छ । उक्त  शाखाको उद्घाटन तिलोत्तमान गरपालिकाका मेयर बासुदेव घिमिरेले गरे । बैंकको हाल ६६ शाखा र १५ वटा एटीएम मार्फत आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा दिदै आइरहेको छ ।  बैंकले निकट भविष्यमा नैै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा नयाँ शाखा कार्यलय स्थापना गर्ने योजना रहेको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा  कलाकार सुशिल सिटौला, नयाँ नायिका शुभेच्छा खड्का, सुपुसा भट्टलाई फिचरिङ गरिएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतको अभिनय छ ।

पुरा पढ्नुहॊस »

नेपाल बैकको शाखा रुपन्देहीको ठुटेपिपलमा

काठमाडौं । नेपाल बैकले रुपन्देहीको ओम सतिया गाउंपालिका वडा नं १ ठुटेपिपलमा  शाखा सञ्चालनमा ल्याएकोे छ  । उक्त शाखाको उद्घाटन नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा गरे । बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गरेको छ ।  

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे। सम्झौता  पश्चात अब   ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा पाउने छन् ।

पुरा पढ्नुहॊस »