सहारा विकास बैंकले २३ प्रतिशत बोनस वितरण गर्दै

काठमाडौं । सहारा विकास बैंकले ७ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकले माघ २३ गते साधारणसभा आह्वान गरेको हो । सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८ सय रुपैयाँको २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप