news

रामेछापको मन्थलीमा बस दुर्घटना एकको मृत्यु, २० जना घाइते

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका-१ मच्छेडाँडीमा बस  दुर्घटना हुँदा एकको मृत्यु भएको भने  २० जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्की छन् ।घाइतेहरुको  मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

किसान माईक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलाम खुल्यो

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय  संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर लिलामीमा ल्याइएको हो। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । यसम आवेदन दिने अन्तिम म्याद माघ १३ गतेसम्म हुनेछ । कम्पनीले यसअघि मंसिर २ गतेदेखि पुस ८ गतेसम्म २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमा ४ हजार २८० कित्तामा आवेदन पर्न …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंककाे रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको ५२ वार्षिक उत्सवकोमा कृषि विकास बैंक कर्मचारी संगठनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।बैंकको मुख्य कार्यालय सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेको थिए ।   उक्त कार्यक्रमको अध्यक्षता कृषि बिकास बैंकका कर्मचारी संगठनका मुख्य कार्यालय समितिका संयोजक ध्रुबबहादुर सुवेदीले गरेका थिए । १०३ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका संचालन कृष्ण निरौलाले गरेका …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंककोे ५४औं वार्षिकोत्सबको अवसरमा  केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरे। साथै, बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन गरेको छ ।  बैंकले यसै अवसरमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिता लगायत माघ ५ गते शनिबार वित्तीय चेतनामुलक कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

इँटा उद्योगको पर्खाल भत्किँदा २ जनाको मृत्यु

काभ्रे ।काभ्रेको पाँचखाल नगरपालिका-७ स्थित वीर हनुमान इँटा उद्योगको पार्खाल भत्किँदा दुइजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नबिन बिकको अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका १ बस्ने ज्ञान परियारको ३ वर्षीया छोरी जेनिसा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तीन वर्षीया  झरना घर्ती र ३५ वर्षीय सितादेवी पासवान रहेको छन्  ।उनीहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको …

पुरा पढ्नुहॊस »

नेपाल भलिबल टिम र जनता बैंकको पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल भलिबल टिम र जनता बैंकको पुरस्कार प्रायोजन सम्बन्धि सम्झौता गरिएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट  नायव प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको छन् ।नेपाल भलिबल संघ एनभिए अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख जनता बैंकले प्रायोजन गर्ने भएकाे छ । उक्त प्रायोजन आगामी ५ बर्ष …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले  एकैसाथ छुट्टा छुट्टै स्थानमा ३ नयाँ शाखाको सुरुवात गरेको छ । काठमाडाैं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेसँगै, तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द«प्रसाद महताले गरेका हुन् । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र एमआर. डाएगोनस्टिकबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौतामा  एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।उक्त सम्झौता पश्चात एमआर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीलाई अस्पतालले विभिन्न सेवामा १५प्रतिशत …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं । सिटिजन्स बैंकले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस  वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत नगद फिर्ता प्राप्त गर्न सकिनेछ । नगद फिर्ताको सीमा प्रति  दिन ५ सय र प्रति महिना रु ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ । बैंकले आफ्नो ग्राहक वर्गहरुलाई …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्धारा नेपाल क्यान्सर हस्पिटललाई सहयोग

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट ग्रुप  र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको हो  ।उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट  ग्रुपको नाममा चेक हस्तान्तरण गरेको थियो ।

पुरा पढ्नुहॊस »