Tag Archives: mainnews

पाटन अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिला छिन् । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी थिइन ।

पुरा पढ्नुहॊस »

आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदैछ। हिन्दु धर्मशास्त्र अनुसार वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने धार्मिक विश्वास छ । आज पितालाई सम्मान गर्ने दिन पनि हो । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरुले पितृको तृप्ति एवं …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा आज मध्यरातदेखि निषेधाज्ञा

काठमाडौं ।  आज बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा जारी हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ ।

पुरा पढ्नुहॊस »

१०१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । आज काठमाडौं उपत्यकामा २०५ जना संक्रमित देखापरेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ …

पुरा पढ्नुहॊस »

पोखरामा थप एक जनाको कोरोनाबाट मृत्यु

पोखरा । पोखराकोमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर -१६ का ८७ वर्षीय वृद्ध छन् । उनको  मंगलबार बिहान १० बजे  मृत्यु भएको हो । वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट धुलिखेल अस्पतालमा १ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत १ जनाको   मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका-७ घर भएका ९८ वर्षीय वृद्ध छन् ।उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका पिसाबमा समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए । उनको गएराति  १२ बजे  मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट ६२ वर्षीय पुरुषको मृत्यु

नेपालगन्ज । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना नेपालगन्ज-५ का ६२ वर्षीय पुरुषको सोमवार राती ११: ४० बजे मृत्यु भएको हो । बाँके जनस्वास्थ्य कार्यलयका अनुसार छाती दुखेर पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष तीन दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोराेनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

पुरा पढ्नुहॊस »

चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ४६ कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड-१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण …

पुरा पढ्नुहॊस »

कोरोना कहर : विश्वभर एकैदिन ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा करिब एकसयले धेरै हो । अघिल्लो २४ घण्टामा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ६७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ६७ हजार १५८ …

पुरा पढ्नुहॊस »

उपत्यकामा वर्षा, यस्तो छ अन्य प्रदेशको पूर्वानुमान

काठमाडौं । अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । यसैगरी बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक-दुइ स्थानहरुमा वर्षा भएको छ । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तो …

पुरा पढ्नुहॊस »