आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदैछ।

हिन्दु धर्मशास्त्र अनुसार वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने धार्मिक विश्वास छ ।

आज पितालाई सम्मान गर्ने दिन पनि हो । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौंको उत्तरपट्टि रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरुप श्राद्ध, तर्पण आदि गर्ने चलन छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस