काठमाडौं । आज बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा जारी हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।
यस अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ ।
तपाईंको प्रतिकृया




