नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट ६२ वर्षीय पुरुषको मृत्यु

नेपालगन्ज । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना नेपालगन्ज-५ का ६२ वर्षीय पुरुषको सोमवार राती ११: ४० बजे मृत्यु भएको हो ।

बाँके जनस्वास्थ्य कार्यलयका अनुसार छाती दुखेर पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष तीन दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोराेनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस