नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट ६२ वर्षीय पुरुषको मृत्यु

नेपालगन्ज । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना नेपालगन्ज-५ का ६२ वर्षीय पुरुषको सोमवार राती ११: ४० बजे मृत्यु भएको हो ।

बाँके जनस्वास्थ्य कार्यलयका अनुसार छाती दुखेर पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष तीन दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोराेनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री