प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्यायो ‘वैभव जीवन बीमा’ योजना

काठमाडौं । हरेक अभिभावकले छोराछोरीको भविष्यलाई लिएर आफ्नो आर्थिक हैसियत अनुसार योजना बुनेका हुन्छन् ।

जिम्मेवार अभिभावकको यही योजना पुरा गर्नका लागि वैभव जीवन अग्रिम भुक्तानी जीवन बिमा योजना ल्याएको छ ।  जीवन बिमा योजना चालिरहेकै अवस्थामा बीमाङ्क रकम फिर्ता पाउनु यस बिमा योजनाको मुख्य विशेषता हो ।

यस बिमा योजना अन्तर्गत तीन चरणको किस्ताबन्दीमा बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता गरिन्छ र बिमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र पुरा अवधिको आर्जित बोनस समेत एकमुष्ट भुक्तानी गरिनेछ । आफ्नो भविष्यको आर्थिक योजना बनाउँदा बीच बीचमा आइपर्नसक्ने आर्थिक समस्या समाधान गर्न चाहनेलाई यो बिमा योजना छनोट उत्कृष्ट साबित हुनेछ ।

वैभव जीवन बीमा योजनाको प्रवेश उमेर न्यूनतम ११ वर्ष र अधिकतम ५८ वर्ष तोकिएको छ । यस्तै, उमेर समूहलाई ५८ वर्ष, ५५ वर्ष, ५२ वर्ष, ४९ वर्ष र ४६ वर्षमा विभाजन गरी बीमा अवधि क्रमशः १२ वर्ष, १५ वर्ष, १८ वर्ष, २१ वर्ष र २४ वर्ष बीमा अवधि रहेको छ ।

वैभव जीवन बीमा योजनामा न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ तोकिएको छ । बीमाङ्क रकमको आधारमा पनि छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको बीमाङ्क रकममा प्रतिहजार १ रुपैयाँ र २ लाख १ हजार रुपैयाँदेखि माथिको बीमाङ्क रकममा प्रतिशत २ रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ ।

यस योजनामा पूरक सुविधाहरु पनि लिन सकिने व्यवस्था रहेको छ । दुर्घटना लाभ, पूर्ण असक्त/अपाङ्ग तथा बीमा शुल्क छुट तथा घातक रोग रक्षावरण लाभ अतिरिक्त सुविधा लिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस