१०१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

आज काठमाडौं उपत्यकामा २०५ जना संक्रमित देखापरेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित भेटिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री