कोरोना कहर : विश्वभर एकैदिन ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३४५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा करिब एकसयले धेरै हो ।

अघिल्लो २४ घण्टामा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ६७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ६७ हजार १५८ को मृत्यु भइसकेको छ ।

यसैगरी विश्वभर पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५० हजार २८५ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो २४ घण्टाको तुलनामा धेरै हो । योसँगै हालसम्म संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री