कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा मंगलबार सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा भएको बहसबाट गर्दै रिट खारेज हुने फैसला सुनाएको हो ।

यससंगै मुख्यमन्त्री हिक्मत कार्कीको पद जोगिएको छ । गत वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गरेपछि पूर्व मुख्यमन्त्री कार्कीले त्यसकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई वैशाख २६ गते पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसको विरुद्ध रिट दायर गर्दै केदार कार्कीले वर्तमान सरकारलाई बर्खास्त गर्दै आफू नेतृत्वको सरकारकै निरन्तरताको माग गर्दै अदालत पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस