Tag Archives: mainnews

एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले छैन, तर संशोधन हुनु पर्छः योगेश भट्टराई

नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ। तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए। ‘एमसीसीलाई रिजेक्ट गर्ने एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन। एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई …

पुरा पढ्नुहॊस »

नेपालमा आज ९९४ संक्रमित थपिए, १ हजार ३६८ निको भए

नेपालमा आज ९९४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६२१ …

पुरा पढ्नुहॊस »

कांग्रेस महामन्त्री कोइराला भन्छन्, ‘सभापतिको दौडबाट पछि हटेकाे छैन, हट्दिन पनि’

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन्। उनले भने, “हैन म कहाँ ब्याक हुन्छु। म त उठ्ने नै प्रयत्न गर्दैछु।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए। उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको …

पुरा पढ्नुहॊस »

संखुवासभा सामूहिक हत्याकाण्ड : कार्की परिवारकै छिमेकी युवक पक्राउ

काठमाडाैँ । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा भएको ६ जनाको हत्याको बारेमा बुझ्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जना छिमेकीलाई पक्राउ गरेको हो । प्रहरीले हत्या भएको ६ दिनपछि ‘क्लु’का आधारमा अनुसन्धानको क्रममा एक जनामाथि आशङ्का गरेर सोधपुछ थालेको प्रहरी श्रोतले जनाएको छ। नाम भने प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ। एकजना बाहेक प्रहरीले यो घटनामा …

पुरा पढ्नुहॊस »

पानवाली बहिनीको क्यारेम बोर्ड (संस्मरण)

महेशराज खरेल करिब ३० वर्षे जागिरे जीवनबाट निवृत भएपछि गाउँ जाने रहरको ढोका खुल्यो। नानी बाबुको कजेज छुट्टीले श्रीमती जीलाई पनि फुर्सद मिल्यो। आमा यसै फुर्सद हुनुहुन्थ्यो। उमेरले नेटो काटेको भए पनि (परार साल चौरासी गरे पछि स्वास्थ्य अझ सुध्रिएको थियो ।) आमामा घुम्ने र गफ गर्ने उत्साह रत्ति घटेको थिएन। यसरी सबैको एकैचोटी फुर्सद मिल्नु संयोग मात्र थिएन मेरा निमित एक सुन्दर अवसर पनि भयो। अर्को कुरा निवृत कर्मचारी …

पुरा पढ्नुहॊस »

सेप्टेम्बर ११, विश्व नै स्तब्ध भएको त्यो दिन

न्युयोर्क, आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा बिस्फोट गराइएको थियो। स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ …

पुरा पढ्नुहॊस »

सरकारले ल्याएकाे प्रतिस्थापन विधेयकमा के छ?

सरकारले चुलिँदो व्यापार घाटालाई कम गर्ने ध्येयका साथ सम्भव भएसम्मका आवश्यक काम तोकेर तीन महिनाभित्र कार्यान्वयन गर्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९८ अर्ब ७१ करोड बराबर पुगेको थियो। रु नौ खर्ब ६१ अर्ब पाँच करोड बराबरको विप्रेषण आप्रवाह भएकामा झण्डै रु १४ खर्ब बराबरको व्यापार घाटा भएको छ। यो अवस्थाको अन्त्यका लागि सरकारले वैदेशिक व्यापार सन्तुलन गर्ने नीतिगत र …

पुरा पढ्नुहॊस »

ऋषिपञ्चमी पर्व आज मनाइँदै, ऋषेश्वर मन्दिरमा महिला भक्तजनहरूको भीड

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका …

पुरा पढ्नुहॊस »

एमसीसी उपाध्यक्ष फातिमा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ। प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ। नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा …

पुरा पढ्नुहॊस »

अर्थसम्बन्धी प्रतिस्थापन विधेयक: सरकारद्वारा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठ)

सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसदमा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए। कूल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फको रु ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् ४१ दशमलव ४२ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब ७८ अर्ब १० करोड …

पुरा पढ्नुहॊस »