Tag Archives: mainnews

मन्त्रिपरिषद् गठनः कुन मन्त्रालयकाे जिम्मा कसलाई?

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन्। नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन्। त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः ७६४ संक्रमित थपिए, १ हजार ३३ जना निको भए

नेपालमा आज ७६४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख ९९७ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ८३९ पुगेको …

पुरा पढ्नुहॊस »

संसदमा एमालेकाे अवरोध आज पनि कायमै, अर्को बैठक असोज २५ गते

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ। बैठक प्रारम्भ हुनासाथ सदा झैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे। सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए। उनले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गरेका थिए। उनले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह …

पुरा पढ्नुहॊस »

संस्कृति र परम्परा सबै जातजातिका साझा सम्पत्ति हुन्ः मुख्यमन्त्री शाक्य

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताएकी छिन्। आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उनले दसैं, तिहार, नेपालको मौलिक संवत् (नेपाल संवतकाे नयाँ वर्ष) तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गरिन्। मुख्यमन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति …

पुरा पढ्नुहॊस »

बेलायतले नेपाललाई ‘रेडलिस्ट’ बाट हटायो

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ ।

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

गठबन्धन दलहरूले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

पुरा पढ्नुहॊस »

आज दशैंकाे दाेस्राे दिन: देवी ब्रह्मचारिणीकाे पूजा गरी मनाइँदै

दशैं अर्थात् नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ। तपस्याको आचरण गर्ने देवीका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ। ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ। माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ। यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन पनि छ। कन्याहरुलाई घरमा …

पुरा पढ्नुहॊस »

भारत भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच बिहीबार साँझ भेटवार्ता भएको छ। कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले बिहीबार साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए। सो भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो। नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धन दलहरूकाे बैठक: शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना

प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेको बताइएको छ। सत्ता गठबन्धनका शीर्ष नेताबीचमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भएको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने

नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। महासचिव बेदुराम भुसालको संयोजकत्वमा आज गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक भोलि बस्ने भएको छ। उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा …

पुरा पढ्नुहॊस »