Tag Archives: mainnews

थप १ हजार १५८जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।मगलबार नेपालमा थप १ हजार १५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १२ जनाको मृत्यु भएको छ भने १३१८ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १४ हजार ३ जनाको नमुना    परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

माओवादी नेता वर्षमान पुन थप उपचारका लागि बैंकक जाँदै

लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ। पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो। नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम …

पुरा पढ्नुहॊस »

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको …

पुरा पढ्नुहॊस »

युएन महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले भने- ‘अफगान समस्या आन्तरिक’

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । सार्क सदस्य राष्ट्र अफगानिस्तानबारे नेपाल सरकारले आफ्नो धारणा राखेको यो पहिलो पटक हो । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै आन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन्। मन्त्रिपरिषद्को साेमबारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

पुरा पढ्नुहॊस »

एमाले विधान महाधिवेशनको तयारी पूरा

नेकपा (एमाले)को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ। असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो। साेमबार मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका थिए। महाधिवेशनसभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए। उनले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन …

पुरा पढ्नुहॊस »

राजस्व छलि गरेपछि जगदम्बा अटो ग्रुपलाई कारबाही, १३ लाख ८० हजार जरिवाना

कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ। काठमाडौँ सुविधानगरस्थित जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप रु १३ लाख ८० हजार जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। भारतको चेन्नईस्थित टिभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँच पास …

पुरा पढ्नुहॊस »

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले पत्रकार सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्विकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सार्वजनिक पद धारण …

पुरा पढ्नुहॊस »

विशेष अदालत काठमाडौंद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग

विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरेको छ। शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो।

पुरा पढ्नुहॊस »

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

बुद्ध एयरको जहाज त्रिभुवन अन्तरराष्टय विमानस्थलमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो ।

पुरा पढ्नुहॊस »