Tag Archives: mainnews

करिब छ हजार वडा कमिटीमा एमालेकाे अधिवेशन सकियाे

नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गरिएको जानकारी दिए। “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना …

पुरा पढ्नुहॊस »

तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने

विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ। फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो। बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ। फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन्। नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः ५१३ जनामा संक्रमण पुष्टि, ८१७ जना कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षण गर्दा ४३८ जना र १ हजार ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ गरी ५१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३४५ पुगेको छ। कूल …

पुरा पढ्नुहॊस »

प्रदेश नं १ मा कांग्रेस नेतृत्वकाे सरकार बन्ने सम्भावना छः मन्त्री खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए। मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा प्याकेजमा निर्णय गरिने बताए। उनले प्रदेश नं १ र वाग्मतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव …

पुरा पढ्नुहॊस »

बाढी पीडितलाई प्याकेजमा राहत दिन नेता पाैडेलद्वारा सरकारसँग आग्रह

धनगढी। बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमा राहत दिन सरकारसँग आग्रह गरेका छन्। पीडितको दुःख बुझ्न आएको बताउँदै पौडेलले प्याकेजमै राहत बाँढ्नु पर्ने भन्दै सरकारलाई आफूले यस विषयमा घचघच्याउने बताए। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरबाट भ्रमण गरेर फर्किएका थिए । पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझैपनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताए।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा आगामी शुक्रबार पाँच दिने बेलायत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण जाने भएका छन्। प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जान लागेका हुन्। लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन्। देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ। नेपाली दूतावास लण्डनका …

पुरा पढ्नुहॊस »

देशभर आज एमालेको वडा अधिवेशन हुँदै

नेकपा (एमाले) ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ। आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नेछन्। र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ। यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन। एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ। शुक्रबार बसेकाे एमाले स्थायी …

पुरा पढ्नुहॊस »

तीन प्रदेशमा वर्षाको सम्भावना, यस्ताे छ पूर्वानुमान

हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन। यद्यपि, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रदेश १, वाग्मती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ। उच्च …

पुरा पढ्नुहॊस »

एमाले केन्द्रीय समिति बैठक १२ कात्तिकमा

नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो। राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ। बैठकले केन्द्रीय कमिटीअगावै १०बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ। ‘बैठकले १० बुँदे सहमति …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशलाई नेपाल बार एसोसिएसनले दियाे १५ दिने अल्टिमेटम

नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ। शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचालित पेसी प्रणाली लागू गराउन १५ दिनको समय दिएको हो। बारले अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेसी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिकरूपले केही समय लाग्ने भएमा सम्पूर्ण …

पुरा पढ्नुहॊस »