Tag Archives: mainnews

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ। शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो। क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन्। क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण ३ कात्तिकबाट सुरु हुने जनाएको छ। बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ। नेपालले युएईमा आयोजना हुने एसियाली …

पुरा पढ्नुहॊस »

काठमाडौँमा सर्वसाधारणकाे चहलपहल बढ्यो

बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ। दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ। काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधारणको आवतजावत बाक्लो रुपमा देखिएको छ। यो पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि …

पुरा पढ्नुहॊस »

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरको हेटाैंडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटर साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। गए राति नारायणगढबाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा हेटाैंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका …

पुरा पढ्नुहॊस »

काभ्रेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते

काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना भएकाे छ। दुर्घटनामा अठार यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार कातिके देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो। उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीकाे अनुमान छ। माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल …

पुरा पढ्नुहॊस »

दसैंमा पनि देखिएनन् चङ्गा, सुनिएन मालश्री धुन

नेपालीको महान् चाड दसैंको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन। बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसैं आएको सङ्केत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन्। पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताए। “घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको …

पुरा पढ्नुहॊस »

तलेजुको वाहन सेतो घोडाको जात्रा भक्तपुरमा सम्पन्न

धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ। जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ। जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ। घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार …

पुरा पढ्नुहॊस »

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ । आश्विन शुक्ल एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ बदली ? हेर्नुहोस् तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । अहिले लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान शनिबार दिउँसो: देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा …

पुरा पढ्नुहॊस »

आईपिएलः कोलकत्तालाई २७ ​रनले हराउँदै चेन्नईले जित्याे उपाधि

इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा कोलकत्ता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नई सुपर किंग्स चौंथो पटक च्याम्पियन बनेको छ। दुबईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलमा टस हारेर सुरुआती ब्याटिङ गरेको चन्नईले कोलकत्तालाई १९३ रनको लक्ष्य दिएको थियो। चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन जोडका थिए। त्यस्तै मोइन अलिले ३७, ऋतुराज गाइक्वाडले ३२ र रोविन उथप्पाले ३१ रन जोडे। कोलकत्ताले २० ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १६५ …

पुरा पढ्नुहॊस »

उच्च सरकारी अधिकारीद्वारा प्रधानमन्त्रीसँग टीका ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाए। मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए। त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाए। कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य …

पुरा पढ्नुहॊस »