Tag Archives: mainnews

नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको छ। ५ मंसिर २०६३ मा हस्ताक्षर गरिएको विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालमा गरिएका मानवअधिकार उल्लंघनका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय प्रदान गर्ने प्रतिबद्धता गरेको थियो। यसै अवसर पारेर विभिन्न ८७ वटा संघसंस्थाले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारलाई ठोस र स्पष्ट कदम चाल्न माग गरेका छन्। द्वन्द्वपीडितहरूका ४१ वटा, ४० वटा राष्ट्रिय संस्थाहरू र ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सत्य निरुपण …

पुरा पढ्नुहॊस »

द्वन्द्वकालका मानवताविरोधी गम्भीर घटनामा आममाफी दिन सकिँदैन : ओली (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालका मानवताविरोधी गम्भीर घटनामा आममाफी दिन नसकिने स्पष्ट पारेका छन् । शान्ति सम्झौताको १५ वर्ष पूरा भएको अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं । तेस्रो, नेपालको शान्ति प्रक्रिया हाम्रो घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात गर्दै हामी संक्रमणकालीन न्यायलाई पनि …

पुरा पढ्नुहॊस »

२२ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मंसिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा …

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशनमा अन्तर्राष्ट्रिस्तरका ६० पार्टीलाई निम्तो

काठमाडौं । नेकपा एमालेले आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने निश्चित भएको छ । दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिए । एमालेको मुखपत्रमा प्रकाशित बुलेटिनअनुसार हालसम्म भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेशन पार्टी आउने निश्चित भएको हो । त्यसैगरी बंगला देशको कम्युनिष्ट पार्टी अफ …

पुरा पढ्नुहॊस »

तेस्रो चरणको आन्दोलनमा वकिल, आज देशभरका अदालतमा बहस-पैरवी नगर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका वकिलहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा थालिएको आन्दोलन आजदेखि थप सशक्त बनाइने भएको हो । तेस्रो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आज देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम छ । बारले १४ कात्तिकदेखि जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको छ । राजीनामा नदिएपछि साताव्यापी रूपमा थप सङ्घर्षका कार्यक्रम बारले सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश …

पुरा पढ्नुहॊस »

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार विहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान आइतबार दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। …

पुरा पढ्नुहॊस »

अहिले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउनु पर्छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन्। परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे। न्याय नपाए गोरखा र काशी होइन, हाम्रै अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः थप २४२ जनामा सङ्क्रमण

देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ। आज ४४४ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या सात …

पुरा पढ्नुहॊस »

ए डिभिजन लिग: संकटाले हिमालयन शेर्पासँग अंक बाँढ्याे

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो। खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए। गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यसवर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने। खेलको ६४औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयनलाई १–१ …

पुरा पढ्नुहॊस »

प्रकाशमान भन्छन्, ‘वीपी, गणेशमान र किसुनजीले देखेको सपना म पूरा गर्छु’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन्। शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए। ‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो। उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो। त्यो सपना तपाईहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने। जनताका प्रतिनिधि भएपछि …

पुरा पढ्नुहॊस »