Tag Archives: mainnews

मिथिला क्षेत्रमा छठपर्वको तयारी सुरू

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ। दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्। अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, …

पुरा पढ्नुहॊस »

सल्यानमा बस दुर्घटना, नौ जनाकाे मृत्यु

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो। उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीलाई भेट्न ओली शीतल निवासमा

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन्। आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन्। चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन्।  

पुरा पढ्नुहॊस »

२० महिनादेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशन : सय भोटिङ मेशिन प्रयोग हुने, एकै दिन मतदान र परिणाम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेशिन (इभिएम) को प्रयोग गरिने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

पुरा पढ्नुहॊस »

दसैं तिहारमा मुस्ताङमा पैतिस करोडका च्याङग्रा विक्री

मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैंमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी दिए। तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो। अघिल्ला वर्षहरुमा २० …

पुरा पढ्नुहॊस »

भाइटीका लगाउने क्रम बेलुकीसम्म नै निरन्तर

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो। आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त हुँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः १३९ जनामा संक्रमण पुष्टि, ३९६ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३२ पुगेको …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिले लगाइदिइन् भाइ डेगेन्द्रलाई भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन्। भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिए। त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका …

पुरा पढ्नुहॊस »