तेस्रो चरणको आन्दोलनमा वकिल, आज देशभरका अदालतमा बहस-पैरवी नगर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका वकिलहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा थालिएको आन्दोलन आजदेखि थप सशक्त बनाइने भएको हो ।

तेस्रो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आज देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम छ । बारले १४ कात्तिकदेखि जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको छ । राजीनामा नदिएपछि साताव्यापी रूपमा थप सङ्घर्षका कार्यक्रम बारले सार्वजनिक गरेको छ ।

प्रधानन्यायाधीश जबराको वार्ताको प्रस्ताव अस्वीकार गरी बारले थप आन्दोलन गर्ने निर्णय गरेको हो । राजीनामा नदिएसम्म कुनै वार्ता नगर्ने उसको निर्णय छ । बारले जारी गरेको विज्ञप्तिमा सोमबार अदालतको मूल गेटमा बिहान १० बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिने र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय कार्यालयमा गएर ध्यानाकर्षण पत्र बुझाउने उल्लेख छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा मंसिर ८ गते १८ वटा उच्च अदालत र तिनका इजलास रहेका ठाउँमा सोही अधिकार क्षेत्रभित्रका कानुन व्यवसायीहरूको सहभागितामा विरोध सभा आयोजना गर्ने, ९ र १० गते काठमाडौँ उपत्यकाका सबै बार एकाइका कानुन व्यवसायीको व्यापक सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।

बारले समग्र न्यायपालिकाको सुधार र शुद्धीकरणका लागि जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेयता निरन्तर कालो पट्टी बाँधी धर्ना, प्रदर्शनलगायत गतिविधिका साथ आन्दोलन गर्दै आएको छ ।

यस्तो छ आन्दोलन कार्यतालिका :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशभर निरन्तर घनघोर वर्षा, जलसतह खतरास्तरभन्दा माथि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी …

प्रतिकृया दिनुहॊस