अहिले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउनु पर्छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन्।

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे।

न्याय नपाए गोरखा र काशी होइन, हाम्रै अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ होइन, व्याख्या गर्ने ठाउँ हो, संवैधानिक अदालतले व्याख्या मात्र गर्ने हो, हेरफेर गर्न र स्पष्ट लेखेका कुरालाई उल्लङ्घन गर्न सक्दैन।”

राजनीतिमा संलग्न हुन नहुने, तटस्थ बस्नु पर्ने संस्थाका विषयमा सेटिङका विषय आउन हुन्थेन भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “न्यायमूर्तिले राजनीतिक पूर्वाग्रहबाट होइन, हामीले आन्दोलन गरेर ल्याएका संस्था सुसंस्कृत र लोकतान्त्रिक हुनुपर्छ, लोकतन्त्र भनेको कानुनको राज हो।”

यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाली राजनीतिमा सभ्य, शिष्ट र परिस्कृत राजनीतिक नेतृत्व रहेको परिवार दलले देश तथा जनताका हितका लागि काम गरोस् भनी शुभकामना दिए।

परिवार दल तेस्रो राष्ट्रिय महाधिवेशन तयारी समितिका अध्यक्ष एकनाथ ढकालले ‘सबैखाले विभेदको अन्त्य गरौँः सुसंस्कृत, समृद्ध र समावेशी नेपालको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ अधिवेशन गर्न लागेको जानकारी दिए।

महाधिवेशन उद्घाटनका अवसरमा पार्टीको स्वयंसेवक दस्ता ‘शान्ति बल नेपाल’द्वारा मार्चपास र विभिन्न धर्मगुरुद्वारा सामूहिकरूपमा जलधारा प्रवाह गरिएको थियो।

देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधानसुधार आयोगलगायतको विषयलाई पारित गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस