Tag Archives: mainnews

प्रधानन्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै दलहरूको ध्यानाकर्षण गराउँदै बार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज  राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ । प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै नेपाल बार असन्तुष्ट छ । सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ । नेपाल बार एशोसिएसनका केन्द्रीय …

पुरा पढ्नुहॊस »

अब देशैभर १८ वर्ष माथिका सबैलाई कोभिड खोप दिइने

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । खोप लगाउन छुटेका सबै नागरिकलाई लगाउने तयारी भएको हो । देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो ।

पुरा पढ्नुहॊस »

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाकाे मृत्यु

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा …

पुरा पढ्नुहॊस »

जनगणना ८० प्रतिशत सम्पन्नः तथ्यांक विभाग

१२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्नेछ। विभागका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ। अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ। जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक-लिम्पियाधुरा-कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्योलमा छ। यस क्षेत्रको जनगणना के हुने भन्ने विषयमा …

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी परिचालन हुने

नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनमा २५० भन्दा बढी चिकित्सक परिचालन गरिने भएको छ। महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ। स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन्। समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ। समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्यवस्थापन गरेको …

पुरा पढ्नुहॊस »

कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन्। आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णय अनुसार चल्ने बताएका हुन्। देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए। अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको बताए। फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार …

पुरा पढ्नुहॊस »

सर्वोच्चमा आज अधिकांश इजलासमा सुनुवाइ

सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए। तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो। तीमध्ये नौ वटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ। न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा बेच्न नबसेको देखिएको छ। प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २३८ जना सङ्क्रमित थपिए, ३७० निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार १२३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३१४ जना रहेको छ। आज ३७० जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या …

पुरा पढ्नुहॊस »

नेप्सेमा आज ११.६० अंककाे गिरावट

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ। सुरुवाती समयदेखि नै सामान्य उतारचढाव देखिएको आजको बजार ११.६० अंकले घट्दै २७५७.५३ अंकमा पुगेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ। सेन्सिटिभ इन्डेक्स ३.७५ अंकले घटेर ५१८.२५ अंकमा बन्द भएको छ। आज बजारमा ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ …

पुरा पढ्नुहॊस »

शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेरै छाेड्छुः अध्यक्ष प्रचण्ड (विज्ञप्तिसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौताका बाँकी काम चाँडै सम्पन्न गरेरै छाेड्ने प्रतिबद्धता जनाएका छन्। विस्तृत शान्ति सम्झौता भएको आइतबार १५ वर्ष पूरा भएको अवसरमा सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको र अब बाँकी काम पनि चाँडै सक्ने बताएका हुन्। विज्ञप्ति बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष बितेको छ। यो अवधिमा हामीले नेपाली समाजका समस्याहरूलाई सम्बोधन गर्न राज्यको अग्रगामी …

पुरा पढ्नुहॊस »