Tag Archives: mainnews

कांग्रेसको १४औँ महाधिवेशन: रुपन्देहीमा मतगणनास्थलमै आक्रमण, पाँच जना घाइते

बुटवल। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ। मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो। घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ। घाइते अन्यको भीम अस्पताल भैरहवामा …

पुरा पढ्नुहॊस »

आज देशभरका ६,७४३ वडामा माओवादीले नेतृत्व चयन गर्दै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्दैछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । देशभर ६,७४३ वटा वडा छन् । माओवादी केन्द्रले सबै वडामा एकै दिन नेतृत्व चयन गर्न लागेको हो । निर्वाचनका लागि …

पुरा पढ्नुहॊस »

नेपाल बारद्वारा प्रधानन्यायाधीशको वार्ता प्रस्ताव अस्वीकार, आन्दोलन थप सशक्त बनाउने

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बार महासचिव लीलामणि पौडेलले आइतबार सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रयोग गरेर अदालतकै परिवार कानुन व्यवसायीमाथि चरम दमन भएको बताएका छन् । त्यसैको विरुद्धमा आफूहरूले आन्दोलनलाई थप कडा पार्ने उनले चेतावनी दिए । ‘हामीमाथि प्रहरी दमन भएको छ । प्रहरीका बुट प्रहार भएका छन् । त्यसविरुद्ध आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै …

पुरा पढ्नुहॊस »

निम्न चापीय क्षेत्रको प्रभावले क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । उपत्यकालगायत देशभरकै भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना छ । यसका कारण उपत्यका लगायत देशभर नै चिसो बढ्ने हुँदा चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन आग्रह महाशाखाले गरेको छ …

पुरा पढ्नुहॊस »

प्रदेश २ मा एकीकृत समाजवादीलाई २ मन्त्रालय, मन्त्रिपरिषद् विस्तार आइतबार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय नेकपा (एस)लाई दिएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। नेकपा (एस)का अध्यक्ष माधव नेपाल, प्रदेश संसदीय दलका नेता शत्रुधन महतो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री राउतबीच भएको छलफलपछि ती दुवै मन्त्रालय नेकपा (एस)लाई दिएर सरकार विस्तार गर्ने …

पुरा पढ्नुहॊस »

वार्ताका लागि प्रधानन्यायाधीशले पठाए नेपाल बारलाई पत्र

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन्। बारको सल्लाहकार समितिको बैठक सुरु हुन लाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो। बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए। बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन्। प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र …

पुरा पढ्नुहॊस »

घरजग्गाको मूल्य वार्षिक २६ प्रतिशतले वृद्धि, गण्डकी प्रदेशमा सबैभन्दा बढी

घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो। मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ। घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायित्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने र यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने …

पुरा पढ्नुहॊस »

माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। एमसीसीको विरोधमा प्रचण्ड र माओवादी केन्द्र उत्रिएका बेला अमेरिकी मन्त्रीले चासो राखेका हुन्। एमसीसीमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने बताउँदै आएका छन्।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २९६ जनामा संक्रमण पुष्टि, ३६९ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४९४ पुगेको …

पुरा पढ्नुहॊस »

योगले स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन्। पतञ्जली योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उनले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गरे। प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि …

पुरा पढ्नुहॊस »