Tag Archives: mainnews

महाधिवेशन प्रतिनिधि भन्छन्- अग्रजको अनुभव र युवाको जोस आवश्यक

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१औँ शताब्दीमा समयसँगै पार्टीभित्र पनि रूपान्तरणको खाँचो रहेको बताउँछन् । यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रूपान्तरण रहेको छ । कुनै समय तराईमा राम्रो भोट भएको …

पुरा पढ्नुहॊस »

उम्मेदवार टुङ्ग्याउन पौडेल निवासमा बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भइसक्दा पनि संस्थापन र इतर दुवै पक्षले उम्मेदवार निश्चित गर्न सकेका छैनन् । आकांक्षीहरु धेरै हुँदा पटक-पटकका बैठक र आन्तरिक परामर्शबाट पनि उम्मेदवार टुङ्ग्याउन नसकिएको हो । संस्थापन पक्षबाट प्रधान मन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् । यस्तै अन्य पदाधिकारीमा …

पुरा पढ्नुहॊस »

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन प्रक्रिया शुरु हुँदै

नेपाली काँग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा-छुट्टै शुल्क निर्धारण गरिएको छ । सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ । ‘उपसभापति र महामन्त्री २५-२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ,’ निर्वाचन समिति संयोजक घिमिरेले भने, ‘सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ ।’

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ उद्घाटन गर्दै

अधिवेशनको मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

पुरा पढ्नुहॊस »

आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मै कांग्रेसले सरकार बनाउँछ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने दाबी गरेका छन्। कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई समापन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसकै बन्ने दाबी गरेका हुन्। उनले ओली नेतृत्वको सरकार हुँदा मुलुकमा डर त्रास व्याप्त रहेकोमा अहिले त्यसबाट देशलाई मुक्ति मिलेको बताए । उनले ओली प्रवृतिबाट मुक्त गर्न नेपालमा कांग्रेस युक्त सरकार आवश्यक रहेको बताएका छन् ।

पुरा पढ्नुहॊस »

नेतृत्वका कारण पार्टीले गति लिन सकेन, अब समीक्षा गरौंः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए। १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजस्तो आफ्नो महाधिवेशन …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनः भोटिङ प्रणाली पुरानै, मतदान गर्न समय लाग्ने

नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ। मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नु पर्नेछ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो। मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो । शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबार हुँदै

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो। अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको …

पुरा पढ्नुहॊस »

ओलीकाे सुझाव, ‘कांग्रेस अरूको एजेण्डमा नहिँडोस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन्। उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिँड्न छाड्नु पर्छ। आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’ कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी …

पुरा पढ्नुहॊस »

कांग्रेसको १४औँ महाधिवेशनः एउटै मञ्चमा देखिए ओली, नेपाल र प्रचण्ड

नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन्। काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन्। सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन्। एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग …

पुरा पढ्नुहॊस »