Tag Archives: mainnews

न्यायालय खोल्न माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बराल पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ। भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो। उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ। बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ। प्रहरीले …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीशको राजीनामा माग्ने ६ न्यायाधीश इजलास फर्किए

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ मध्ये ६ न्यायाधीश इजलास फर्किएका हुन्। न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन्।

पुरा पढ्नुहॊस »

लकडाउनमा झन् बढी भ्रष्टाचारः अख्तियार

पोखरा। चैत २०७६ देखि देशभर लकडाउन जारी भयो। लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यालय पनि बन्द जस्तै थिए। अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले। तर प्रदेश नै लक भएका बेला समेत भ्रष्टाचारका घटना भने झन बढेकाे प्रतिवेदन सार्जनिक भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भ्रष्टाचारसम्बन्धी नाै सय ३२ उजुरी परेका छन्। यो उजुरी अघिल्लो वर्षको भन्दा ९० ले बढी हो। कास्की गण्डकी प्रदेशको राजधानी …

पुरा पढ्नुहॊस »

जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना पक्राउ

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वसाधारणमा कठिनाइ भएको देखिएको छ। औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ। यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। भाडाका ठूला सवारी साधन कम सङ्ख्यामा चले …

पुरा पढ्नुहॊस »

नेपाल बन्दमा पनि रोकिएन बारको आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ। २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन्। आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनलाई निरन्तरता दिएको हो। प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए। तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ। सर्वाेच्चका न्यायाधीश पनि …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा नेपाल बन्दको प्रभाव सामान्य

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेष गरी लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् …

पुरा पढ्नुहॊस »

मुगुको गमगढीमा आगलागी, १७ घर र ३ घुम्ती पसल जले

काठमाडाैँ । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । राति साढे १२ बजेदेखि आगो लाग्दा १७ घर र ३ घुम्ती पसल जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) चित्र भट्टराईले जानकारी दिए । राति १२ बजे ठिल्ले तामाङको घरबाट आगो सल्किएको थियाे ।  आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी …

पुरा पढ्नुहॊस »

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । जसका लागि दिउँसो १२:३० बजे प्रदेश सभा बैठक बोलाइएको छ । बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । राईले यसअघि आइतबार प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशनमा तीन दिनअघि उम्मेद्वारी दिनुपर्ने, बन्द सत्र नहुने

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुनुभन्दा पहिले नै उम्मेद्वारी दर्ता गर्नुपर्ने भएको छ। मंसिर २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन गर्ने कार्यक्रम छ। महाधिवेशन २४ मंसिरमा उद्घाटन गर्ने भए पनि त्यसको तीन दिन पहिले नै उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ। २१ मंसिरमा उम्मेद्वारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। कांग्रेसले यसपटक महाधिवेशनमा बन्द सत्र गर्नेछैन।

पुरा पढ्नुहॊस »

मुख्यमन्त्री पाण्डेविरुद्ध डोरमणि: विदेशी व्यापारीको कमिसनमा महत्त्वपूर्ण योजना रोकेको आरोप

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको विरोधमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल उत्रिएका छन्। बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती भएको बताएका हुन्। पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित राष्ट्रघाती निर्णय हो।’

पुरा पढ्नुहॊस »