Tag Archives: mainnews

काेराेना अपडेटः ३३२ जना सङ्क्रमित थपिए, २३२ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ९२० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ४ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३९७ जना रहेको छ। आज २३२ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या …

पुरा पढ्नुहॊस »

विश्वका ७८ देशमा नेपाली उत्पादन निर्यात

मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ। यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ। वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु ३९ अर्ब ५६ करोड ३९ लाख ५० हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएको हो। आव २०७७/७८ को सोही अवधिको तुलनामा चालू आर्थिक …

पुरा पढ्नुहॊस »

कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि मङ्सिर १४ गते पुनः मतदान हुने

नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान मङ्सिर १४ गते हुने भएको छ। नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। पदाधिकारी चयनका लागि मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन। जिल्ला सभापतिमा तीन जनाको उम्मेद्वारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो। पार्टीको विधानअनुसार सभापतिमा …

पुरा पढ्नुहॊस »

कांग्रेसका केही नेता महाधिवेशनमा भोट पाउन मात्र गठबन्धन हुँदैन भन्छन् : प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गरेका छन् । काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैन’ भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको प्रचण्डले बुधबार धनगढीमा पत्रकारसँग बताए । ‘काँग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका प्रचण्डले भने, …

पुरा पढ्नुहॊस »

भारतले बाटो नदिएपछि चार दिनको कष्टपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली

काठमाडाैँ । भारतले आफ्नो बाटो प्रयोग गर्न नदिएपछि जनगणना टोली आफ्नै नेपाली भूमिबाटै चार दिन जोखिम र कष्टपूर्ण पैदल यात्रा गर्दै दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु पुगेको छ । जनगणना टोली सोमबार दिउँसो छाङरु पुगेको जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेले जानकारी दिए । ‘जनगणना टोली सोमबार छाङरु पुगेको खबर प्राप्त भएको छ । त्यसपछि सम्पर्क हुन सकेको छैन’, उनले भने, ‘जनगणनाको काम शुरु भइसकेको छ, करिब दुई दिनमा काम …

पुरा पढ्नुहॊस »

एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २,२७९ पुग्यो

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान शुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १,९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार …

पुरा पढ्नुहॊस »

कात्तिक महिनामा २३१ मानव अधिकार उल्लङ्घनका घटना, कुन प्रदेशमा कति?

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ। इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ। प्रतिवेदनअनुसार वाग्मती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको …

पुरा पढ्नुहॊस »

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । पूर्व उपाध्यक्ष  शेर्पाको ५० वर्षको उमेरमा बुधबार बिहान ३ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन वर्षदेखि अस्वस्थ रहँदै आएका शेर्पा नशा सम्बन्धी रोगबाट पीडित थिए ।  अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन् ।

पुरा पढ्नुहॊस »

नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गरेका छन्। युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गरेका हुन्। मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए। उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो। नेपाल–युरोपेली सङ्घ संयुक्त …

पुरा पढ्नुहॊस »

आजकाे मौसम: नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन

नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुधबार दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी …

पुरा पढ्नुहॊस »