नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन्।
शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताए।
‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो। उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो। त्यो सपना तपाईहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने। जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो।
साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नु पर्ने बताए। बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनको भनाइ थियो।
प्रतिकृया दिनुहॊस