संसद्‌ बैठक आज, एमसीसीमाथि छलफल हुने कार्यसूची

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । हिजै बस्न लागेको संसद् बैठक प्रधान मन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस हुने उल्लेख छ । त्यसलगत्तै एमसीसीमाथि छलफल शुरु हुनेछ । आइतबारको बैठकमा एमसीसी पेस भएको थियो ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन् । निर्णयार्थ प्रस्तुत हुनुपूर्व सांसदले बोल्ने भएकाले एमसीसीमाथिको छलफल लम्बिन सक्छ ।

हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन् । दलहरूबीच सहमति नभई एमसीसी निर्णयार्थ संसद्‌मा पेस भए प्रस्तावमाथि लिखित मत विभाजन हुने सम्भावना छ । दश प्रतिशत अर्थात् २८ सांसदले माग गरे सभामुखले प्रस्तावलाई लिखित मत विभाजनमा लैजान सक्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस