गठबन्धनको भविष्य कांग्रेसको हातमा : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको भविष्य कांग्रेसको हातमा रहेको बताएका छन् । कैलालीको धनगढीमा बिहान आयोजित पत्रकार भेटघाटमा नेता नेपालले गठबन्धन कायम राख्ने/नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताएका हुन् ।

अध्यक्ष नेपालले एमसीसिमा रहेका आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्ने आफूहरुको अडान रहेकोले यथास्थितिमा अनुमोदन गर्न नसकिने दोहोर्‍याए । ‘अमेरिकी धम्कीले थप आशंका जन्मायो,’ उनले भने, ‘अनुदानमा धम्की हुन सक्दैन र अनुदानको नाममा बन्दी बन्न सकिन्न ।’

असंलग्न परराष्ट्र नीति लिएको नेपाल कुनै पनि सैन्य संगठनमा सामेल हुन नसक्ने बताउँदै विशुद्ध आर्थिक सहायता स्वीकार गर्न कुनै आपत्ति नरहेको उनको भनाई छ । नेपालले बाम गठबन्धनको तत्काल कुनै सम्भावना नरहेको बताए । लोकतान्त्रिक शक्तिहरुबीच भने सहकार्य हुनसक्ने उनको भनाई थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after