मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

काठमाडाैँ  । एक महिला प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी नै छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका ४ वटा वडामा कर्फ्यू जारी नै राखेको हो । अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ । सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यू लगाए पनि दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रहेको थियो । थप अप्रिय घटना हुन नदिन प्रशासनले कर्फ्यू आज पनि जारी नै राखेको हो ।

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिइसकेको छ । प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएको छ ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप