निर्वाचन आयोगका गतिविधिप्रति अध्यक्ष ओलीकाे तीव्र असन्तुष्टि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङसमेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले कांग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रुख अनकूल हुने गरि किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गरे । उनले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गरे । दलहरुसँग परामर्शसमेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धि तयारीको कामलाई अघि बढाएको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस